नियम १५
सम्मानको खातिर भुक्तानी दिने व्यहोरा जनाउने
ऐनको दफा ९५ बमोजिम कुनै विनिमेयपत्रको भुक्तानी नदिएको कुरा प्रमाणित गरी सके पछि सो विनिमेयपत्रको भुक्तानी दिनु पर्ने व्यक्तिको सम्मानको खातिर अन्य कुनै व्यक्ति वा निजको अभिकर्ताले भुक्तानी दिने व्यहोरा जनाउन आएमा लेख्य प्रमाणकले त्यस्तो व्यहोरा अनुसूची–६ बमोजिमको ढाँचामा सम्बन्धित विनिमेयपत्र अनादर भएको व्यहोरा प्रमाणित गरी लेख्य दर्ता किताबमा संलग्न गरी राखेको फाराममा जनाउनु पर्नेछ ।